‘भगवान’ चोर्ने पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने राजेशकुमार साह कानुलाई कलात्मक प्राचीन राधाकृष्णको मूर्तिसहित जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

बाराको परवानीपुर गाउँपालिका–३ स्थित राधाकृष्ण मन्दिरको पित्तलजस्तो देखिने धातुको करीब १० किलो तौल भएकोे मूर्ति चोरी गरी लिएर जाँदै गरेको अवस्थामा फेला पारेपछि मूर्तिसहित कानुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।