रुकुममा तीन ठूला गुफा भेटिए

सर्जना कार्की/रुकुम । रुकुम (पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिका– १२ को कोलमा तीन ठूला गुफा भेटिएका छन्।

गुफा भेटिएपछि उक्त गुफाको मगर खाम भाषामा नामकरण पनि गरिएको छ। भेटिएकामध्ये पहिलो गुफाको नाम ‘मि कुङ’, दोस्रोको ‘सुनरी कुङ’ (सुनपानी गुफा) र तेस्रोको ‘चाँदी कुङ’ भनी नाम दिइएको छ।

ती गुफाहरू एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझैँ देखिन्छ।