टीका र गुणराजको ‘पिरतिमा’

काठमाडौं । गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ स्रोतामाझ आएको छ । गीतमा प्रदिप र सृष्टि खड्काले अभिनय गरेका छन् ।

रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको छ । गीतमा बि पाण्डेका शब्द तथा सुबास भुसालको संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको म्युजिक भिडीयोमा कोरियोग्राफी भने पवन सुस्लिंगले गरेका हुन् ।

म्युजिक भिडीयोलाई पवन सुस्लिंगलेनै सम्पादन तथा छायांकन गरेका हुन् । प्रदिप लामाको निर्देशन रहेको भिडीयोमा सपन लम्सालले मेकअप गरेका छन ।