‘फुङ्गालेर माइती देश’ बजारमा

काठमाडौं । नेपाली महिलाको महान चार्ड तीज नजिकिँदै गर्दा तीज गीतको व्यापार पनि राम्रै फस्टाउने गर्छ । तीजलाई लक्षित गरेर एक महिनाभन्दा अघि नै केही गायक गायिका सक्रिय हुन थालेका छन् । तीजका लागि लक्षित गरेर बनाइएका गीत संगीत सार्वजनिक हुने क्रम सुरु भएको छ ।

यस्तैमा हरेक तीजमा तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘फुङ्गालेर माइती देश’ बोलको तीज गीत बजारमा ल्याएकी छिन् ।

लोक शैलीमा तयार पारिएको गीतमा बिष्णु न्यौपानेको शब्द संगीत छ । गीतको म्युजिक भिडियो पनि बनाइएको छ । करण चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।