मञ्‍जु र सन्तुको तिज ब्याटल घम्साघम्सी

तीजको माहौलमा एउटा छुट्टै शैलीको गीत बजारमा आएको छ। सधैँ जसो नेपाली लोकसङ्गीतमा नयाँपन दिने गायिका तथा प्रस्तोता मञ्जु पौडेलले यसपालि तीजको ब्याटल मार्फत तीजमा युवाहरूको हस्तक्षेपप्रति कटाक्ष गरेकी छन्। तीजको यो ब्याटल गायक सन्तु थापाले बजारमा ल्याएका हुन्। तीजको खालमा क्यार्न आछौं छोरो भएर भन्दै गायिका पौडेलले युवाहरूलाई कटाक्ष गरेकी छन्

महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा तीज सम्बन्धी विभिन्न गीतहरू सार्वजनिक भएका छन्। यसै मौकामा बजारमा ल्याएको ब्याटलमा महिलाहरूको पर्व तीजमा पुरुषहरू हाबी हुँदै गइरहेको विषयलाई समेटिएको छ। फरक प्रकृतिका गीत बनाएर दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गर्न मलाई निकै जाँगर लाग्छ त्यसैले अहिलेको तीज ब्याटलमा रमाइलो गराउने उद्देश्यले फरक काम गरेकी हुँ पौडेलले भनिन्।

दिग्गज धौरालीले शब्द दिएको यो तीज गीतमा रोमाञ्चक तरिकाले भिडियो तयार गरिएको छ। बिपी फिल्म्सले तयार गरेको भिडियोको निर्देशन भने सन्तु थापा आफैले गरेका छन्। गीतलाई एरेन्ज कृष्ण विकले गरेका छन्।