‘मिस एलिट ब्युटी क्वीन’मा सहभागी हुँदै भावना

काठमाडौं । युरोपको लात्भिया राज्यको रिगामा आयोजना हुने ‘मिस एलिट ब्युटी क्वीन २०१९’मा नेपालको प्रतिनिधित्व भावना मल्ल ठकुरीले गर्ने भएकी छन् ।

४० देशका सुन्दरीे सहभागी हुने प्रतियोगितामा उनी मात्र नेपालको एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ड्रिम इन्सिच्युट अफ मोडलिङ एण्ड फेसनले हालै राजधानीमा आयोजना गरेको अडिसनबाट उनी छानिएकी हुन् । अडिसनमा २५ जनाको सहभागीता रहेको थियो ।

बुधबार राजधानीमा संस्थाले भावनालाई ‘मिस एलिट ब्युट क्वीन इन्टरनेशन नेपाल २०१९’को ताज पहिर्याउदै प्रतियोगिताको लागि आधिकारिकता प्रदान गरेको हो ।

आगामी २८ जुलाईदेखि अगष्ट २ सम्म आयोजना हुने प्रतियोगितामा भावना नेपाली कलासंस्कृतिसहित सहभागी हुन लागेकी हुन् ।