नेपालभारत मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने

काठमाडौ । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भारतसँग तीन मैत्रिपूर्ण खेल खेल्ने भएको छ । साउन अन्तिम साता देखी नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतसाग तीन मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

मैत्रिपूर्ण खेलका लागि भारत नेपाल आउने छ । मैत्रिपूर्ण खेल साउन ९, १० र ११ गते हुने जानकारी गराएको छ । खेल लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा हुनेछ ।

नेपाली टोली अहिले सोही प्रतियोगिताको लागि दैनिक प्रशिक्षणमा व्यस्त रहेको छ । यतिबेला १८ सदस्यीय नेपाली टोली प्रशिक्षणमा व्यस्त छ ।