मेरिएट होटल सञ्चालनमा

काठमाडौं । राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको हो । आधुनिक यात्रुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा रहेको यो होटलले पछिल्लो पींढीका यात्रुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्ने विश्वास गरिएको छ ।

मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने, ‘हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर देश नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ । यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिन्छ । हाम्रो होटलले काठमाडौंमा अतिथिलाई उत्कृष्ट बसोबासका साथै उनीहरुको स्वभाव अनुसार संस्कृतिक अनुभव प्रदान गर्दछ ।’

‘व्यवसायिक यात्रुहरु र फुर्सदिलो यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै यूनिस्को वल्र्ड हेरिटेज साइटहरु रहेका छन् । जसमा अतिथिहरुले सोफेस्टिकेटेड स्पेस तथा मेरिएटको न्यानो अतिथ्यिबाट आनन्द लिन सक्नेछन’, होटेलको मान्यता छ ।

होटलमा प्रवेश गरेपछि अतिथिहरुको मनमा देशप्रति सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सकिने बनाइएको छ । होटलको सिलिङ्गमा झुण्ड्याइएको पाँच सय केजीको पुँजा गर्दा प्रयोग गरिने घण्टी आकर्षक बनेको छ । स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको प्याटे«न्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोषक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै छ ।

२१४ वटा सुव्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गरेको छ । परम्परागत डेस्कहरुलाई लचीलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको बताइन्छ । बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्ने दावी होटेलको छ ।
काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भने, ‘काठमाडौं मेरिएट होटल अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ । हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं ।’ उनले ४ डाइनिंग स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्ने बताए ।

अतिथि र स्थानीयहरुले बहुसंख्यामा रहेको डाइनिंग अनुभव छनौट गर्न सक्ने व्यवस्था छ । जसमा अल डे डाइनिंग रेष्टुरेन्ट, ठमेल किचन रहेको छ । स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन उपलब्ध छ । एडमामी एशियन विशेषता भएको रेष्टुरेन्ट हो जसले थाइ, जापनीज र चाइनिज भोजन पेश गर्दछ । जसमा विशेष याकिटोरी स्टेसन पनि रहेको बताइन्छ । रक्सी एक म्यूजिक बारमा स्थानीय सामग्रीहरको ह्यान्ड ड्राफ्टेड ककटेल पेश हुने होठेलले जनाएको छ । जाज् म्यूजिक सेसन, बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउँसको कफि ब्रेकका लागि केबीसी, काठमाडौं बेकिङ किचन रहेको होटेलले जनाएको छ ।

७४० स्क्वायर मिटर भन्दा बढि क्षेत्रफल फैलिएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको उपत्यकाकै ठुलो होटल भएको दावी गरिएको छ । एम–क्लबबाट गगनचुम्बी हिमालयन पर्वतको दृश्य देखिन्छ जुन २४सौं घण्टा ब्रेकफास्ट र रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान भएको होटेलको भनाइ छ ।
मेरिएट होटलस्को बारेमा
६५ देश र विश्वका भुभागमा पाँच सय भन्दा बढि होटल र रिजोर्ट भएको मेरिएट होटल अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ । पछिल्लो पीढीलाई उत्कृष्ट तरीकाले यात्रा गर्न सक्षम बनाइरहेको छ । काम र खेललाई प्राथमिकतामा राख्ने घुमन्ते यात्री तथा ग्लोबल यात्रीहरुलाई केन्द्रित गर्दै मेरिएटले नवरचनासँगै उद्योगको नेतृत्व गरिरहेको छ, जसमा स्टाइल, डिजाइन र प्रविधि ग्रेट रुम लबी र मोबाइल गेस्ट सर्भिस समावेश छ ।