धनगढीको एक होटेलमा बम विस्फोट, पाँच जना घाइते

धनगढी । धनगढीको चटकपुरस्थित एक होटेलमा बम बिस्फोट भएको छ । निलम होटेलमा अहिले बेलुकी भएको बिस्फोटमा राम सिंह, मोविन खान, लक्ष्मण सेरेला, जीतेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डेय घाइते भएका छन् ।

आफैले बोकेको झोलामा रहेको बम विस्फोट हुँदा राम सिंह गम्भिर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरुमध्ये केही नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको आशंका प्रहरीको छ । घाइते सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । राम सिंहको भने कम्मर मुनीको भाग क्षतविच्छेद भएको अस्पतालले जनाएको छ ।