ऋतिक रोशको फिल्मलाई साता दिनमै ७५ करोड

बलिउड नायक ऋतिक रोशन र मृणाल ठाकुर अभिनित फिल्म ‘सुपर–३०’ले एक सातामै ७५ करोडभन्दा बढी आम्दानी गरेको छ । बलिउड बक्स अफिसमा सुपर ३० को प्रदर्शन निकै लोभलाग्दो भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सिनेमा घरसम्म पुगेर फिल्म हेर्नेहरुको मौखिक प्रचारले पनि फिल्मको व्यापार झन उच्च भएको बताइएको छ । बिहीबार एकै दिन फिल्मले ६ करोड आम्दानी गरेको छ ।

प्रदर्शनको पहिलो दिन अर्थात गत शुक्रबार फिल्मले एकै दिन ११ दशमलव ८३ करोडको व्यापार गरेको थियो । शाहिद कपुर र कियारा आडावाणी अभिनित फिल्म ‘कबीर सिंह’ले २८ दिनमा २६६ करोग आम्दानी गरेको हिसाबले हेर्दा सुपर–३० ले उक्त आँकडा छुने विश्वास गरिएको छ । तर, शुक्रबारदेखि प्रदर्शनमा आएको ‘द लायन किङ्ग’ले भने असर पार्नसक्ने अनुमान पनि गरिएको छ ।