रोनाल्डो बालोन डि’ओरको दाबेदार

एजेन्सी । पोर्चुगल तथा युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बालोन डि’ओरका प्रमुख दाबेदारु मध्यका एक हुन् । पछिल्लो सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालीयन सिरि ए क्लब युभेन्टस पुगेका रोनाल्डोले सिरि ए मा २१ गोल गरे ।

उनले उनले युरोपिएनका ९ खेलमा ६ गोल गरेका थिए । उनले गत सिजन सबै खाले ४३ खेलमा २८ गोल गरेका छन् । रोनाडोले राष्ट्रको प्रतिनिधित्व गर्दै उपाधि समेत दिलाए । ३४ वर्षीय रोनाल्डोले नेसन्स लिगका मात्र दुई खेल खेल्दै तीन गोल गरे ।

यससँगै रोनालडोले सिरि ए र इटालीयन सुप कपको उपाधि समेत जिताउन महत्वपूर्ण भुमिका खेले । सदावाहारु सर्वाश्रेष्ट खेलाडी रोनाल्डोले २०१८-१९ को सिजनमा तीन उपाधि जितेका छन् । उनले २०१६ को युरो पछि पुन आफ्नो राष्ट्रलाई एक अर्को युरोपियन ट्रफी दिलाए ।

रोनाल्डो यदी यस वर्षको बालोन डि’ओर जिते उनको छैठौं बालोन डि’ओर हुने छ । उनले यसअघि २००८, २०१३, २०१४, २०१६ र २०१७ गरी पाँच पटक बालोन डि’ओरको अवार्ड जितिसकेका छन् ।