निर्माण भएको दुई महिनामै भासियो काभ्रेको पुल

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोक मार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले बनाएको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशी खोलाको पुल निर्माण सम्पन्न भएको दुई महिनामै भासिएको छ । ३५ दशमलब ६ मिटर लम्बाईको उक्त पुल तीन करोडको लागतमा निर्माण भएको थियो ।

तस्वीरः रासस