नेयमार र एमबाप्पे चाइना भ्रमणमा

एजेन्सी । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) चिनमा आइतबार इटालियन सिरी ए क्लब इन्टर मिलानसँग खेल्दै छ । सोहि साताको मंगलबार पिएसजीले चाइनाकै ए-लिग च्याम्पियन सिड्नी फुटबल क्लबसँग खेल्दै छ ।

त्यस्तै अगस्ट तीनमा रेनेससँग खेल्दै पिएसजीले प्रि-सिजनको आफ्नो ट्रफी डेस च्याम्पियनको अन्तय गर्ने छ । यस चाइना टुरका लागि पिएसजीका प्रशिक्षक थोमस टुचेलले ३३ खेलाडीको नाम दिएका छन् ।

जसमा स्टार स्ट्राइकर नेयमार र युवा स्टार केलियन एमबप्पेको पनि नाम छ । २७ वर्षीय नेयरमा यतिबेला बार्सिलोना फर्किने मनसाएमा छन । तर अब उनी लिग वान च्याम्पियनमै रहका छन् ।

चिन यात्रामा अन्य स्टार खेलाडी उरुग्वेका एडिसन कभानी, इटालियन मिडफिल्डर मार्को भेराटी र जर्मनका जुलियन ड्रेक्सलर रहेका छन ।