‘निर्मलाका हत्यारा पक्राउ गर्न नसक्नु सरकारको कमजोरी’

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको शुक्रबार वर्ष दिन पुग्छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद् भएको बताएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बलात्कारपछि निर्मला पन्तको हत्या गरिएको एक वर्ष पूरा हुँदासम्म पनि दोषीको पहिचान गर्न नसक्नु सरकारको असफलता भएको बताए ।

उनले निर्मलाका हत्यारालाई सरकारले सक्दो चाँडो कानूनी कठघरामा ल्याउनुपर्ने माग विज्ञप्तिमार्फत दोहोर्याएका छन् । सरकारले एक वर्षको बीचमा हत्यारा खोज्नुभन्दा पनि गैरजिम्मेवार अभिव्यक्ति दिनु, जनप्रदर्शनमा बालक मारिनु, प्रहरीलाई बदनाम गराउन खोज्नु गलत क्रियाकलाप भएको भन्दै अपराधीलाई खोजेर कडा कारवाही गर्न गम्भीर बहसको खाँचो रहेको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।