‘मेरो राजै’मा कम्मर मर्काउँदै आइन बेली डान्सर बिनु

काठमाडौं । गायक प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा ‘मेरो राजै’ बोलको गीत सार्वजनिक भएको छ । गीतका शब्द रमेश बिजीले लेखेका हुन भने संगीत कृष्ण बिकले गरेका हुन् ।

‘मेरो राजै’ गीत म्युजिक भिडियो निर्माण गरिएको छ । आकर्षक भिडियोमा मोडल शंकर बिसीलाई बेली डान्सर बिनु शाक्य साथ दिएकी छन् ।

शंकर बिसीले नै निर्देशन गरेको भिडियो दुर्गा पौडेलले खिचेका हुन् । नबिन घर्ति मगरले भिडियो सम्पादन गरेका हुन् ।