पारसको उत्कृष्ट पारीले नेपाल सामु कुवेत सहजै पराजित

काठमाडौं । कप्तान पारस खड्काले उत्कृष्ट पारी खेले पछि नेपालले कुवेतलाई सहजै पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा कुवेतलाई ७ विकेटले पराजित गर्ने क्रममा कप्तान पारसले ६८ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार ६८ रनको योगदान दिए ।

कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याएको नपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेपालका लागि शरद भेषावकरले अविजित ३८ रनको योगदान दिए । उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिएका हुन् ।

रोहित कुमार पौडेल ६ रनमा अविजित रहे । नेपालले पहिलो विकेटको रुपमा चौथो ओभरको पाँचौ बलमा उपकप्तान ज्ञानेन्द्र मल्लालाई गुमाएको थियो । मल्लाले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडे ।

दोस्रो विकेटको रुपमा कप्तान पारसलाई गुमाउँदा तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई एक रनमा गुमाएको थियो । कुवेतका लागि मुहम्मद काशिफले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन जोडेको थियो । खराव सुरुवात गरेको कुवेतका लागि आनन्द इड्रेसले २५ रन जोडे । उनले १४ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडेका हुन् ।

दोस्रो ओभरको पहिलो बलमा नै ओपनर ब्याट्सम्यान मीट भावसरलाई ५ रनमा गुमाएको बुवेतले दोस्रो विकेटको रुपमा छैठौं ओभरको पहिलो बलमा रभिजा सन्दरुवानलाई १५ रनमा गुमायो । त्यस्तै सोहि ओभरको अन्तिम बलमा आनन्द इड्रेसलाई गुमाउँदा चौथो विकेटको रुपमा बिलाल ताहशीरलाई १३ रनमा गुमायो ।

पाँचौ विकेटको रुपमा उस्मान वाहीदलाई शुन्य रनमा गुमाउँदा छैठौं विकेटको रुपमा मोहम्मद अस्लाम २३, शिरज खान शुन्य, मोहम्मद अहसान ४ र जन्डु हमोउन्ड २ रनमा आउट भए । कप्तान मुहम्मद कासिफ ४९ रनमा अविजित हरे । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रार गर्दै ४९ रन जोडेका हुन् । इयास अहमद १ रनमा अविजित रहे ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामीछानेले समान तीन तीन विकेट लिए । त्यस्तै करन केसीले दुई तथा अभिनास बोहराले एक विकेट लिए । यस जितसँगै नेपालको ग्लोबल छनोट पुग्ने सम्भावना बलियो बनेको छ ।

अब नपालले आफ्नो छनोटको अन्तिम खेल भोली (आइतबार) घरेलु टोली सिंगापुरसँग खेल्ने छ । सिंगापुर तीन खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा छ भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा छन् । अन्य टोली भने प्रतियोगिताबाट बाहिरि सकेका छन् ।