विदेशमा रहेका नेपालीसँग साउदको भलाकुसारी

सियोल। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री एनपी साउँद यतिबेला सातादिन लामो विदेश भ्रमणमा छन् । उनले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा सम्वोधन गरेका छन् ।

दक्षिण कोरियाको सियोलमा सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको राजनीतिक अवस्थाबारे विचार व्यक्त गर्नुका साथै त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा जानकारी दिएका थिए ।

विदेशमा रहेका नेपालीको सीप मुलुक विकासका लागि आवश्यक रहेको विचार व्यक्त गर्दै उनले देशमै युवाको सीप खर्चने वातावरण बनाउन सबै लाग्नुपर्ने धारणा राखेका थिए । अहिले मुलुकमा उद्यमशीलता, सिर्जनशीलताको खाँचो भए पनि दुईतिहाइको दम्भका कारण सरकारको ध्यान मुलुक निर्माण भन्दा पनि अन्यत्रै केन्द्रित भएको नेता साउँदले बताए ।