नोबेल शान्ति पुरस्कार विजेता नादिया : जो बन्धक बनाएर सामूहिक बलात्कारमा परेकी थिइन

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोकी महिला रोग विशेषज्ञ डेनिस मुकवेगे र महिला अधिकारकर्मी नदिया मुरादलाई प्रदान गरिएको छ । मुकागेले युद्धका क्रममा हिंसामा परेका करिब ३० हजार महिलाको निस्शुल्क उपचार गरेका थिए भने नादिया आफै यौन हिंसामा परेकी थिइन् । उनलाई २०१४ मा इस्लामिक स्टेटले अपहरण गरेको थियो र तीन महिनासम्म बन्धक बनाएर सामुहिक बलात्कार गरेको थियो । आतंककारी संगठन इस्लामिक स्टेट ९आईएसआईएस०को कब्जाबाट भाग्न सफल भएकी २५ वर्षीया नादियाले अहरणमुक्त भएपछि यौन हिंसाविरुद्ध ठुलो योग्दान पुर्यामएकी छन् । उनलाई सोही योग्दानको कदर स्वरुप नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो । उनले आफूले भोगेको पीडा समेट्दै ‘दि लास्ट गर्लस् माइ स्टोरी अफ क्यापटिभिटी, एण्ड माइ फाइट अगेन्स्ट डी इस्लामिक स्टेट’ किताब लेखेकी थिइन् ।

सन् २०१७ मा प्रकाशित  किताबको अनुवादित अंश

म २१ वर्षकी थिएँ जब इस्लामिक स्टेटले उत्तरी इराकको सिनजर क्षेत्रमा रहेको मेरो गाउँ कोचोमा आक्रमण गरेको थियो । उनीहरुले हामी यजिदीहरुलार्इ मात्र एक विकल्प दिएः इस्लाम धर्म मान वा मर। त्यस लगत्तै हामीहरुलार्इ नजिकैको विद्यालयमा लगियो। मेरा ६ जना भाइसहित बाँकी पुरुषहरुलार्इ अलग्गै लगियो र उनीहरुलार्इ गोली हानी मारियो। त्यसपछि इस्लामिक स्टेटका लडाकुहरुको ध्यान महिला र बालबालिकाहरुमा गयो ।

त्यो दिन मेरी आमाले मलार्इ हेरेको क्षण म कहिल्यै बिर्सिन्नँ । केही नभनी उनले मेरो काँधमा आफ्नो टाउको राख्दै आराम गरिन् । जब एक लडाकुले मलार्इ उनीबाट छुट्याउँदै लगे, म चिच्याउँदै उसलार्इ त्यसो नगर्न भनिरहेकी थिएँ। मैले त्यतिबेला मेरी आमाले भनेको अन्तिम वाक्य सुनेँ। उनी भन्दै थिइन् ‘म छिट्टै मर्दैछु।’

मैले त्यसपछि आमालार्इ कहिल्यै देखिनँ । म जस्तै युवतीहरुलार्इ बसमा राखियो। हामी बसमा कुरिरहँदा एक जना लडाकु बन्दुक लिई म कहाँ आयो र मलार्इ धर्म परिवर्तन गर्ने कि नगर्ने भनेर सोध्यो। मैले हुन्छ भन्दै टाउको हल्लाएँ । त्यसपछि उसले वृद्धाहरु भएको स्थानमा हेर्दै भन्यो, ‘तिमीहरुले धर्म परिवर्तन गरे तिमीहरु यतै बस्न सक्छौ ।’

मैले फेरि टाउको हल्लाएँ । बस निकै शान्त थियो। मैले अर्को एक जना लडाकुको पदचाप सुने। ऊ आफ्नो काममा रमाइरहेको देखिन्थ्यो। ऊ युवतीहरुसँग जिस्किँदै थियो । उनीहरुको स्तनमा आफ्नो हात लगाउँदै थियो । युवतीहरुले असहज महसुस गर्दैगर्दा ऊ भने हाँस्दै थियो । अचानक मैले मेरो काँधमा कसैले हात राखेको महसुस गरे। मैले आफ्नो आँखा बन्द गरेँ र लडाकु त्यहाँबाट जाओस् भनेर प्रार्थना गरेँ । तर उसको हात बिस्तारै काँधबाट तल सार्योल र मेरो स्तनमा गएर रोकियो । मैले एक प्रकारको आगो महसुस गरेँ ।

त्यसपछि मैले चिच्याउँदै भनेँ, ‘तिमीले हामीलार्इ यो बसमा ल्यायौ। यहाँ आउन बाध्य बनायौ । यो मान्छेले हामीलार्इ एक्लै छोड्ने छैन ।’

एक कमान्डरले खिसी गर्दै भन्यो, ‘तिमीहरु यहाँ सबया बन्न आएका हौ । हामी जे भन्छौं, तिमीहरुले गर्नुपर्छ ।’

मैले पहिलो पटक सबया ९यौन दासी० भन्ने शब्द आफूमाथि प्रयोग भएको सुनेको थिएँ। त्यो क्षणमा मैले आफू मर्न सुरु गरेको महसुस गरेँ । आइएसआइएससँगको प्रत्येक पल कष्टकर र मृत्यु बराबर थियो ।

बसबाट उनीहरुलार्इ मोसुल लगियो। त्यहाँ नादियालार्इ कुटियो। उनी माथि थुकियो र चुरोटले पोलियो । उनलार्इ धेरै दिनसम्म छुटाछुट्टै घरमा राखिएको थियो। उनलार्इ दासीका रुपमा लिलामीमा बेचियो र धर्म परिवर्तन गर्न बाध्य पारियो । लगत्तै नादियालार्इ लिलामीमा किन्ने व्यक्तिले उनीलार्इ शारिरीक र भावनात्मक रुपले खेलवाड गर्न थाल्यो । ती व्यक्ति आफ्नी श्रीमतीको फोन गर्दा मात्र रोकिन्थे । त्यो समय नादियाले आफूलार्इ बन्धक बनाइएको बारे एउटा तीतो यथार्थ थाहा पाइन्ः महिलाहरुले समेत त्यस हिंसामा सहयोग गर्दै थिए ।

त्यस घरको भान्छामा सुरक्षा गार्ड मोर्टेजा र एक वृद्धा ९मोर्टेजाकी आमा० ले हामीलार्इ स्वागत गरे। जब उनले मैले धर्म परिवर्तन गरेको थाहा पाए, उनले भनिन, ‘यजिदीको रुपमा जन्म लिनु तिम्रो गल्ती होइन। अब तिमी खुसी हुन्छौं ।’

मैले ती महिलासँग केही सहानुभूतिको अपेक्षा गरेको थिएँ । उनी मेरी आमाको उमेर कै थिइन् । उनको शरीर मेरो आमाको जस्तै कोमल थियो । एक आमा हुनुको अर्थ उनी सुन्नी र म यजिदी हो भनेर सोच्नु भन्दा धेरै ठूलो हो भन्ने मैले सोचें । मलार्इ नियन्त्रणमा राखिरहेको व्यक्तिले मलार्इ रातभर पिटिरहेको थियो भन्ने के उनलार्इ थाहा थिएन रु त्यस क्षण मैले मेरी आमालार्इ धेरै याद गरें ।

इराकमा जुनसुकै धर्मका महिला भएपनि उसले संघर्ष गर्नैपर्छ । संसदमा प्रतिनिधित्व, प्रजनन अधिकार, विश्वविद्यालयमा पदहरु सबै लामो संघर्षबाट पाएको सफलता हो। पुरुषहरु सदा शक्तिशाली बन्ने प्रयत्नमा हुन्छन् । त्यसैले शक्तिशाली महिलाहरुले उनीहरुको शक्ति खोस्नुपर्छ। मेरी बहिनीले ट्रयाक्टर चलाउँछु भनेर जिद्दी गर्दा त्यो समेत पुरुषहरुका लागि चुनौति बन्न पुग्यो ।

महिलाहरु प्रति क्रुर रहेको नियमहरु भएपनि आइएस मोसुल आउँदा म जस्ती महिलाले उनीहरुको स्वागत गरेका थिए । आतंककारीहरुले शहरका क्रिश्चियन र सियाहरुलार्इ मार्दा वा शहर बाहिर पठाउँदा उनीहरु त्यही थिए । आइएसबाट मारिएका र लखेटिएका मानिसहरु सुन्नी समुदायसँग हजारौं वर्षदेखि सँगै बस्दै आएका थिए । आइएसको नियन्त्रणमा बस्नुपर्छ भनेर थाहा पाउँदा पाउँदै पनि ती महिलाहरुले त्यो सबै हेर्दै बसे ।

यदि यजिदीहरुले मुस्लिमहरुलार्इ आइएसले हामीलार्इ जस्तै आक्रमण गरेको भए म त्यसको विरुद्धमा हुन्थें । मेरो परिवारको कसैले त्यस्तो गर्ने थिएन । गरिब र शहर बाहिर बस्ने भएकाले मानिसहरु यजिदी महिलाहरुलार्इ कमजोर थान्छन् । मैले सुनेको छु आइएसआइएसमा रहेका महिला लडाकुहरुले पुरुष सरह आफ्नो दक्षता देखाएका छन् । तर ती महिलाहरु, मोर्टेजाकी आमा वा आत्मघाती आक्रमण गराउने महिला भन्दा मेरी आमा धेरै साहसिक थिइन् । मेरी आमाले कुनै पनि अवस्थामा जुनसुकै धर्मकी महिला भएपनि लिलामीमा बेच्ने अनुमति दिदैन थिइन्।

इस्लामिक स्टेटकी एक महिलाले एक यजिदी महिलालार्इ सहयोग गरेको घटना मैले सुनेकी थिएँ । मेरै शहरकी एक युवतीलार्इ उसलार्इ नियन्त्रणमा राखेको पुरुषकी श्रीमतीले भाग्न सहयोग पुगोस् भनेर फोन दिएकी थिइन । तर इस्लामिक स्टेटकी महिला लडाकुहरु पुरुषहरु भन्दा धेरै क्रुर हुन्छ भनेर धेरै सुनेको छु। ती महिलाहरुले आफ्ना श्रीमानले ल्याएका सबयाहरुलार्इ कुट्नुका साथै भोकै राख्ने गर्थिन् । सायद हामीहरु कमजोर थियौं, त्यसैले उनीहरु त्यसो गर्थिन् । तिनीहरु आफूलार्इ क्रान्तिकारी मान्थे, फेमिनिष्ट मान्थे होला । तर मैले अहिलेसम्म बुझ्न सकेकी छैन कि कसरी एक महिलाले अरु महिलाहरु ९यजिदी० बेचिएको टुलुटुलु हेरेर बस्न सक्छिन् । त्यसतो क्रुरतालार्इ कुनै ‌हालतमा क्षमा गर्न सकिन्न ।

मोर्टेजाकी आमाले त्यस दिन ‘मलार्इ थाहा छ तिमीलार्इ यहाँ जबर्जस्ती ल्याइएको हो। म तिमीलार्इ सहयोग गर्छु । म तिम्री आमा जस्तै हुँ। मैले तिम्रो पीडा बुझेकी छु’ भनेकी भए म उनलार्इ सायद माफ गर्थे होला । तर उनी केही नभनी हिँडिन् । म एक्ली भएँ । म त्यो क्षण कहिल्यै बिर्सिने छैन ।

एक साहुबाट अर्को साहु कहाँ बेचिदै गर्दा, दिनै पिच्छे बलात्कृत हुनुपर्दा, पानी र खाना खान नपाउँदा पनि नादिया एक दिन आइएसको चंगुलबाट भाग्न सफल भइन् । उनी पर्खाल नाघेर भागिन्। धेरै दिनसम्म लुक्दै हिँडिन् । आफ्नो ज्यानको चुनौती मोलेर केही अपरिचित व्यक्तिहरुको सहयोगमा उनी बल्ल शरणार्थी शिविर पुगिन् । त्यहाँबाट उनी जर्मनी पुगिन् ।

अहिले म एउटा सानो कोठामा बस्छु । त्यस कोठामा मैले आफ्नी आमा र बहिनीको तस्विर टाँसेको छु । उनीहरु अहिले रहेनन् । म युद्धका क्रममा मृत्यु भएकाहरुलार्इ सम्झन्छु । हराएकाहरु छिट्टै फिर्ता आउन भनेर प्रार्थना गर्छु । म अहिले पनि मेरो शहर कोचोलार्इ याद गर्छु। बिहान उठ्छु र त्यो शहर अब रहेन भन्ने सम्झ्नछु। यो एक्लोपन, नयाँ ठाउँले अनौठो महसुस गराउँछ र आफै हराउन मन लाग्छ ।

सुरुवातमा हामी ‘फेरि’ मुक्त भएपछि स्वास्थ्यका जाँच गराउन अस्पताल गयौं । केहीले थरेपी प्रयोग गरे, तर त्यो त्रासदी भुल्न निकै गार्ह्रो थियो । हामीले जर्मनी भाषा सिक्यौं। खाना बनाउन सिक्यौं । भेडाहरुको रेखदेख गर्यौं। खेतमा काम गर्यौं। एउटा सानो गाउँमा जीवन बितायौं । धेरै समय हामी खाली हुँदा ती दुखहरु सम्झदै शोक मनाइरहेका हुन्थ्यौं। केही समय पछि हामी सामान्य जीवनमा फर्कियौं ।

जब म आफू भाग्न सफल भएको क्षण सम्झन्छु, आफ्नो छिमेकको शहरले इस्लामिक स्टेट प्रति सहानुभूति राखेको देखेर झस्कन्छु । एक्कासी कसरी सबै गलत बाटो तर्फ निर्देशित भयो भन्ने सोच्छु । मलार्इ लाग्छ, भगवानले मलार्इ भाग्न सहयोग गरे वा म भाग्न सफल हुनुमा केही कारण हुनसक्छ । एक यजिदी महिला उनीहरुको कैदबाट भाग्न सक्छिन भनेर आतंककारीहरुले सोचेका पनि थिएनन् होला । उनीहरुले हामी प्रति गरेको दमन, शोषणका बारे विश्वसामु भन्न सफल हुन्छन् भनेर उनीहरुले कल्पना पनि गरेका थिएनन होला ।

हरेकपल्ट जब म मेरो कथा सुनाउँछु, म ती लडाकुहरु र उनीहरुलार्इ सहयोग गर्ने महिलाहरुको शक्ति खोसिरहेको महसुस गर्छु । मेरो कथा आतंकवादीहरु विरुद्धको सशक्त हतियार हो । म यो हतियार तबसम्म प्रहार गरिरहनेछु जबसम्म उनीहरुलार्इ पक्राउ गरी कानुनको दायरामा ल्याइदैन । अझ पनि यो विषय प्रति गर्नुपर्ने धेरै कुराहरु छन् ।

-एजेन्सीको सहयोगमा