नेविसंघमा ३२ वर्षीय उमेर हद

काठमाडौं । नेपाल विद्यार्थी संघमा उमेर हदको प्रावधानलाई नेपाली कांग्रेस केन्द्रिय समितिले पारित गरेको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो ।

नेविसंघको विधानमा रहेको अन्य व्यवस्थाका सन्दर्भमा भने असोज २५ गते पारित गरिने बताइएको छ ।

उता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत नेताले नोटअफ डिसेन्ट लेख्दै उक्त निर्णय प्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष नैनसिंह महरले पनि ११ औं महाधिवेशनबाट नै प्रवन्ध भइसकेको वैधानिक व्यवस्थालाई हटाउनु उपयुक्त नहुने धारणा राखेका छन् । महरले नेविसंघको महाधिवेशन पार्टीले स्वीकृत गरेको विधानअनुसारनै हुने स्पष्ट पारे ।

नेविसंघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद मंसिर २ मा सकिँदैछ । दशैं–तिहारको बीचमा भएपनि महाधिवेशन गर्नुपर्ने दबावमा नेविसंघ छ ।