राहत शिक्षक र शिक्षा मन्त्रालयबीच ३ बुँदे सहमति

काठमाडौं । पेशागत सुरक्षाको माग गर्दै आन्दोलित बनेका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ । शिक्षा विकास तथा मानव स्रोत केन्द्र भक्तपुरमा मन्त्रालय र शिक्षा मन्त्रालयका प्रतिनिधिबीच आज भएको वार्तामा तीन बुदे समहति भएको हो ।

मन्त्रालयका वार्ता समितिका संयोजक तथा सहसचिव सुर्यप्रसाद गौतमको टोली र राहत शिक्षक केन्द्रिय समितिबिच भएको वार्तामा राहत शिक्षकका माग संघीय शिक्षा ऐनको विधेयकको मस्यौदामा समावेश गर्ने, राहत र अनुदान कोटाका शिक्षकलाई अस्थायी शिक्षक सरह अवसर दिन मन्त्रालयको संवाद समितिमा छलफल गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको बताइएको छ ।

देशभरका राहत शिक्षकले आइतबार राजधानीमा प्रर्दशन गरेका थिए ।