‘आना र सुक्का’ सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र गोविन्द चेमजुङको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘आना र सुक्का’ बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत छ। रामजन सुब्बाको शब्द रहेको छ । गीतको एरेन्ज शहास शाक्यले गरेका हुन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अलिशा राई र पुस्कर दाहालले अभिनय गरेका छन् । भिडियोमा राजिव समरको नृत्य निर्देशक छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।