प्रेसमाथि अंकुश लगाउने सरकारको कदम स्वीकार्य हुँदैन : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाएका छन् । प्रेस युनियन चितवनको आठौं जिल्ला अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको उक्त कदम कुनै पनि हालतमा सुइकार्य नहुँने बताए ।

‘कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउन पाइदैन’, देउवाले भने ‘सरकारले प्रेशमाथि अंकुश लगाउन खोजेको छ। कांग्रेस त्यसको खिलाफमा र प्रेस स्वतन्त्रताको पक्षमा छ ।’

प्रेसमाथिको बाधा र अवरोध पार्टीलाई सह्य नहुने बताउँदै हस्तक्षेप गरिए कडा प्रतिकार गर्ने पनि देउवाको चेतावनी छ । कांग्रेस नेतृत्वमा रहँदा बनाएको संविधान नेपालीका लागि उपयुक्त भएपनि कार्यान्वयन नभएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

यसैबीच अधिवेशनको अवसरमा सभापति देउवाले प्रेस युनियन चितवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।