गायिका निशुको दशैं कोशेली

काठमाडौं। गायिका निशु ढकालले नेपालीको विशेष पर्व दशैंको पूर्व संध्यामा दशैं गीत पस्किएकी छिन् । ‘यो रमाइलो दशैं आयो’ बोलको गीतमा उनले दशैंको माहोललाई शब्द र चित्रमा प्रस्तुत गरेकी छिन् । शब्द, संगीत र एरेन्ज नविन के तिमल्सिनाको रहेको गीतको भिडियो सुनिल शाहीले खिचेका हुन् ।

दशैंको मुखमा सार्वजनिक गीतले धेरैको मन जित्ने विश्वास गायिका निशुको छ । ‘नेपालीको महत्वपूर्ण चाड दशैंमा आएको गीत रुचाइने विश्वास छ,’ निशुले भनिन् । गायिका निशु यतिबेला गायन यात्रामा भविश्य खोज्न काठमाडौंमा संघर्षरत छिन् ।