कांग्रेस नेता पौडेल भारत भ्रमणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत भ्रमणमा जाने भएका छन् । पौडेल तिर्थाटनको लागि भारत भ्रमणमा जान लागेका हुन्।

पौडल मंगलबार नयाँ दिल्ली प्रस्थान गर्ने पौडेलले हरिद्वार, बोधगया, केदारनाथ, बद्रिनाथ र ऋषिकेश भ्रमण गर्ने बताइएको छ । पौडेल भ्रमणका क्रममा १२ दिन भारतमा रहने छन् ।