काठमाडौंमा बिजुली बस

काठमाडौं । साझा यातायातले मंगलबारदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बसको उद्घाटन गरेका हुन् । दुईवटा बस सञ्चालनमा आएको साझा यातायातले जनाएको छ ।

चिनिया कम्पनी विवाइडीले निर्माण गरेका बस सञ्चालनमा ल्याइएको हो । बसमा सिसी क्यामेरा, सुविधायुक्त सिट र समाउने ह्याङगरको समेत व्यवस्था छ ।