साफ यु–१५ फुटबलको तयारी पूरा

काठमाडौं । बिहीबारदेखि काठमाडौंमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको तयारी पूरा भएको छ । एन्फाले मंगलबार पत्रकारको आयोजना गर्दै तयारी पूरा भएको जानकारी दिएको हो ।

यही कात्तिक १७ गतेसम्म हुने साफ च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, भुटान र माल्दिभ्सले सहभागिता जनाउँदैछन् ।

भारतबाहेक सबै टिम नेपाल आइसकेका छन् । भारत बुधबार आउने एन्फाले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई प्रशिक्षणका लागि हलचोकस्थित सशस्त्र प्रहरीको मैदान र मध्यपुर युथ एसोसिएसनको प्रशिक्षण केन्द्र सानोठिमीमा मैदानमा व्यवस्था मिलाइएको एन्फाले जनाएको छ ।