आफू भलो त जगत भलो : चन्द

दुई वर्षदेखि सांगीतिक क्षेत्रमा संक्रिय गायीका सिमा चन्दका करिब एक दर्जन गीत बजारमा आइसकेका छन् । केही गीत आउने क्रममा छन् । गायनसँगै अभिनयमा सक्रिय चन्दसँग गरिएको अक्षर सम्वाद :

तपाइ कहिलेदेखि सांगीतिक क्षेत्रमा प्रवेश गर्नु भयो ?
– म २०७३ सालबाट यो क्षेत्रमा प्रबेश गरेकी हुँ ।

कति गीत बजारमा ल्याउनु भएको छ ?
– मैले एक दर्जन जति गीत ल्याइसकेकी छु । थुप्रै गीत रेकर्ड पनि गरिएका छन् । विभिन्न कारणले बजारमा ल्याउन सकेकी छैन । क्रमिक रुपमा ती गीत पनि बजारमा ल्याउने छु ।

तपाई अभिनय पनि गर्नु हुन्छ, कति गीतमा अभियन गर्नु भएको छ ?
– मैले अभिनय गरेका दुई म्युजिक भिडियो बजारमा आइसकेका छन् भने अन्य दश गीतमा पनि अभिनय गरेको छु । ती गीत पनि बजारमा आउने तयारीमा छन् ।

कसको प्रेरणाबाट लाग्नु भयोे यो क्षेत्रमा ?
– मलाई प्रेरणा दिने माइती गाउँको एक जना दाई हुनुहुन्छ । उहाँ काठमाडौंकै रेडियो मिरमिरेमा कार्यरत हुनुहुन्छ । उहाँ सर्जक पनि हो ।

परिवारको साथ कत्तिको पाइरहनु भएको छ ?
– परिवारको साथ पनि एकदमै राम्रो पाएकी छु ।

विवाहित महिलालाई कत्तिको सहज छ यो क्षेत्रमा ?
– विवाहित महिलालाई सहज र असहज भन्दा पनि आफू भलो त जगत भलो भन्ने उखानमा विश्वाश गर्छु ।

आगामी योजना के छन् ?
– बजारमा पुग्न नसकेका गीत र भिडियोलाई छिटै बजार पठाउने र अझै केही नयाँ गीतहरु बजारमा ल्याउने योजनामा छु ।

यस क्षेत्रबाट सन्तुष्ट हुनु हुन्छ ?
– म सन्तुष्ट नै छु । मेरो सानैदेखिको सपना भएकोले पनि होला म सन्तुष्ट हुन सकेकी ।

अनी आर्थिक रुपमा नी ?
– आर्थिक रुपमा भने केही फाइदा छैन । जसबाट म न सन्तुष्ट नै छु । न असन्तुष्ट नै छु ।

अन्त्यमा के भन्न चाहुनु हुन्छ ?
– स्रोताको मायाँ पाएकै छु । आगामी दिनमा अझै धेरै मायाँ पाउने विश्वास छ । स्रोतालाई मेरो गीत सुनेर साथ दिनुहोला । कुनै सुझाव सल्लाह भए दिनुहोला । तपाइहरुका सुझाव सल्लाह अनुसार नै अगाडी बढ्ने छु भन्न चाहन्छु ।