आफ्नै पार्टीको चियापानमा केपी ओली अनुपस्थित

काठमाडौं । दशैं–तिहार र छठका अवसरमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापानमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै उपस्थित भएनन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री  ओली पार्टीको चियापानमै उपस्थित नभएपछि जमा भएका नेता कार्यकर्ता मुखामुख गर्न वाध्य भएका थिए । पार्टी सुत्रका अनुसार अस्वस्थताका कारण ओली चियापानमा उपस्थित हुन नसकेका हुन् ।