प्रधानमन्त्री अस्पताल भर्ना, स्वास्थ्य अवस्थाबारे अस्पतालद्वारा जानकारी

काठमाडौं । एक्कासी छातिमा सोमबार बिहान चार बजे छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी गराएको छ ।

सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको र शरीरमा चीनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको बताएको हो।

भास्कुलरद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पनि जनाएको छ । प्रधानमन्त्रीको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले छ। प्रधानमन्त्री ओली मौसमी रुघाखोकी र ज्वरोकाका कारण शुक्रबारदेखि नै बिरामी थिए।

ज्वरो निको भइसकेको तर राति असहज महसुस गरेपछि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।