धनगढी। सडक निर्माण र मर्मत यात्रुका लागि सहज होस भनेर गरिन्छ। तर धनगढी उपमहानगरपालिका अन्तर्गत पर्ने पिपलचौतारादेखि डिभोटी होटेल चोकसम्मको सडक यात्रुका लागि पासो थापेजस्तो बनेको छ। उपमहानगरपालिका वडा नम्बर ५ को पिपलचौतारा-डिभोटी चोकसम्मको ७ सय मिटर लामो सडकको दुबै किनारमा ६(७ फिट गहिरो नाली बनाइ पनि ढक्कन राखिएका छैनन्। यही क्षेत्रमा ऐश्वर्य विद्या निकेतन,...