Logo
४ वैशाख २०८१, मंगलबार

नवौँ राष्ट्रिय खेलकुद : एनआरएन विजयी

अक्षरपाटी
२०७९ भदौ २३ , बिहीबार ०४:०९ मा प्रकाशित

काठमाडौं। नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा आजदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै विजय हात पारेको हो।

खेलमा पहिला ब्याटिङ गरेको एनआरएनले सुदूरपश्चिम प्रदेशलाई ७५ रनको लक्ष्य दिएको थियो। जवाफमा सुदूरपश्चिम ६ ओभरमा ६ विकेट गुमाउँदै ६२ रनमा समेटियो।

वर्षाका कारण खेल मैदान भिजेपछि निर्धारित समयभन्दा ढिला शुरु भएको खेललाई ६ ओभरमा घटाइएको थियो।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक १२ रनको योगदान दिए भने कप्तान राजु रिजालले ११ रन जोडे।

त्यसैगरी बसन्त खत्री १० रनमा आउट हुँदा शेर मल्लले आठ रन बनाए। लोकेन्द्र चन्दले सात, बसन्त कार्की र नारायण जोशीले समान ४-४ रन बनाए।

बलिङतर्फ एनआरएनका आशिष पोखरेल र दिपक क्षेत्रीले समान ३-३ विकेट लिए। त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको एनआरएनका लागि सागर पुनले सर्वाधिक ४६ रनको योगदान दिए भने कप्तान सुमन गौतमले २५ रनको योगदान दिए।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्ले समान २-२ विकेट लिए। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सात प्रदेश, तीन विभागिय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ।

नवौँ राष्ट्रिय खेदकुद