Logo
३१ भदौ २०८३, बुधबार

कैलालीमा १ सय ३२ जनामा डेंगु् देखियो

अक्षरपाटी
२०७९ भदौ ३० , बिहीबार ०९:०९ मा प्रकाशित

धनगढी। कैलालीमा डेंगु रोगबाट बिरामी हुनेको संख्या १ सय ३२ पुगेको छ। चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो सङ्ख्यामा डेंगुका बिरामी फेलापरेका हुन्।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार लम्कीचुहा नगरपालिकामा सबैभन्दा धेरै ६६ जना डेंगुका बिरामी फेलापरेका छन्। सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पतालमा १३, मालाखेती अस्पतालमा ७ जनामा डेंगु पुष्टि भएको जनाइएको छ। गत आर्थिक वर्ष कैलालीमा १५६ जना डेंगुका बिरामी फेलापरेका थिए।

यस्तै डेंगुबाट २ जनाको मृत्यु भइसकेको छ।