Logo
१२ चैत्र २०७९, आईतबार

ओलीले झुटको खेती गरेर गए : रमेश लेखक

अक्षरपाटी
२०७९ कात्तिक १९ , शनिबार १०:११ मा प्रकाशित

कञ्चनपुर। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको बताए।

शुक्रबार महेन्द्रनगरमा नेकपा एमालेद्धारा आयोजित चुनावीसभामा ओलीले महाकाली नदीमा निर्माण भएको पुल आफूले बनाएको दाबी गर्दै भाषणा गरेका थिए।

अध्यक्ष ओलीजस्तो मुलुकको शीर्ष नेताले झुट बोलेको भन्दै शनिबार चुनावी घरदैलोमा रहेका क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता लेखकले ओलीले पुल बनाएँ भन्दा आफू खुसी भएको भन्दै व्यङ्ग्य गरे।

भीमदत्त नगरपालिका–१५ मा घरदैलोका क्रममा नेता लेखकले आफू भौतिक पूर्वाधार मन्त्री हुँदा साढे चार अर्ब बजेट ल्याएर बनाएको पुललाई ओलीले श्रेय लिन झुटको खेती गरेको आरोप लगाए।

‘माओवादीका साथीहरुले बरु हामीले पुल बनायौं भन्दा त्यो बेला प्रधानमन्त्री प्रचण्ड थिए, त्यो सत्य कुरा हो,’ उनले भने, ‘एमालेको मन्त्रीसम्म नभएका बेला ओलीले कहाँबाट पुल बनाए?’

रमेश लेखक