Logo
२३ जेठ २०८०, मंगलबार

मंसिर १० मा ‘पूर्वान्चल लिटिल स्टार’

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ०९:११ मा प्रकाशित

इटहरी ३० कार्तिक। सौन्दर्य प्रतियोगिता ‘पुर्वान्चल लिटिल स्टार’ को चौथो संस्करण हुने भएको छ।

साइमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा हुने यो प्रतियोगितालाई राठी केबलले मुख्य प्रायोजन गर्ने भएको छ।

प्रतियोगिताको पहिलो अडिसन मंसिरको १० गते शनिबार हुँदैछ। विर्तामोडको सनिश्चरे रोडमा अवस्थित सरगम संगीतालयमा अडिसन हुनेछ।

बालबालिकाको सौन्दर्यतासंगै क्षमता अभिवृद्धि तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने मुख्य उद्देश्य रहेको आयोजक साइमन राजबंशीले बताए।

प्रतियोगितामा ७ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागी हुन पाउने राजबंशीको भनाइ छ।

बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि ‘पूर्वान्चल लिटिल स्टार’ को ३ ओटा संस्करण सफलतापूर्व सम्पन्न गरिसकेको छ।