Logo
७ वैशाख २०८१, शुक्रबार

डेनमार्क र ट्युनिसियाबीचको खेल गोलरहित बराबरी

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०९:११ मा प्रकाशित

एजेन्सी। कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन्।

दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो।

यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक–एक अंक बाँडेका छन्। जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो।

त्यसैगरी आजै हुने अर्को खेल समूह सीअन्तर्गत मेक्सिको र पोल्याण्ड भिड्नेछन्। उक्त खेल राति ९ः४५ बजेबाट हुनेछ।