क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ।
मंगलबार सार्वजनिक तथ्तांकले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढंगले पुष्टि गरेको छ।
यसका पछाडि उच्च निर्यात र गैर–आवासीय संरचनाहरूमा जुलाईदेखि सेप्टेम्बर अवधिमा लगानी, व्यापार सूचीमा बढोत्तरी, आवास र घरेलु खर्चमा गिरावटलगायतका कारणहरू प्रमुख रहेका छन्।
विश्लेषक रोयस मेन्डेसका अनुसार ‘ठोस वृद्धि’ लगभग दोब्बर अपेक्षाहरूको बाबजुद, प्रायः ‘बाह्य माग र अस्थिर वर्गहरू’ बाट आएको देखिन्छ।
धेरै अर्थशास्त्रीहरूले क्यानाडा अर्को वर्ष मन्दीमा जाने भविष्यवाणी गरेका छन्। जबकि सरकारले सन् २०२२ मा ३.९ प्रतिशतबाट २०२३ मा ०.७ प्रतिशतमा वृद्धि हुने अनुमान गरेको छ।