Logo
१४ वैशाख २०८१, शुक्रबार

भोलिदेखि हुने भनिएको टी–२० लिग पुनः स्थगित

अक्षरपाटी
२०७९ पुस ७ , बिहीबार ०२:१२ मा प्रकाशित

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने भएको छ।

क्यानबाट प्रतियोगिता सञ्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा गर्न नसकेका कारण शुक्रबारका लागि तय भएको प्रतियोगिता आयोजना नहुने क्यानले जनाएको छ।

अध्यक्ष चतुरबहादुर चन्दका अनुसार खेलाडीको श्रम स्वीकृति प्रक्रिया ढिला भएको र तयारी पनि हुन नसकेकाले प्रतियोगिता सर्ने भएको हो । अब तोकिने मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्द गरी क्यान आफैंले प्रतियोगिता आयोजना गर्नेसमेत अध्यक्ष चन्दले बताए ।

भोलिदेखिका लागि तय भएको नेपाल टी–२० लिग पुनः स्थगित, विदेशी खेलाडीले श्रमस्वीकृति नपाएकाले प्रतियोगिता स्थगित गर्नुपरेको क्यानको भनाइ