Logo
६ वैशाख २०८१, बिहीबार

तीन महिनापछि जेलबाट छुटे क्रिकेटर लामिछाने

अक्षरपाटी
२०७९ पुस २९ , शुक्रबार ०१:०१ मा प्रकाशित

काठमाडौं, २९ पुस। बलात्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने जेलबाट छुटेका छन्।

बलात्कार आरोपी लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन । उनलाई कारागारबाट जिल्ला अदालत काठमाडौं हाजिर गराइनेछ।

लामिछानेलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा रिहा गर्न हिजो उच्च अदालत पाटनले आदेश दिएको थियो।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो।