Logo
१५ वैशाख २०८१, शनिबार

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै

अक्षरपाटी
२०७९ माघ ६ , शुक्रबार १०:०१ मा प्रकाशित

काठमाण्डौ।  प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज शुक्रवार सेमिफाइनलका खेल हुँदैछन् ।

सुनसरीको इटहरीमा भइरहेको प्रतियोगितामा आज पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश खेल्दै छन् । यो खेल अहिले केहीबेरमा हुनेछ । सुदूरपश्चिम समूह ‘ए’ को विजेता र मधेस प्रदेश समूह ‘बी’को उपविजेता टोली हो ।

आज नै हुने दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । प्रदेश १ समूह ‘बी’ को विजेता र एपीएफ समूह ‘ए’ को उपविजेता हो ।

प्रतियोगितामा आठ टोली सहभागी भएकोमा दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको फाइनल खेल भोलि शनिवार हुनेछ ।

उपाधि विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।