Logo
२८ मंसीर २०८२, आईतबार

प्रधानमन्त्री दाहालले भने : मन्त्रिमण्डलमा बसेर संघीयता विरोधी कुरा गर्ने छुट छैन

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार ०३:०१ मा प्रकाशित

काठमाडौं १० माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा बसेर कसैलाई पनि संघीयता विरोधी विचार व्यक्त गर्ने छुट नभएको बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मन्त्रीमण्डलमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा कुरा गरे स्पष्टिकरणको विषय हुने बताए।

उनले प्रदेशमा मन्त्रालयको संख्या पनि अहिलेको जति नहुने बताए। उनले प्रदेशसभा सदस्यको १० प्रतिशत भन्दा बढी मन्त्रालयको संख्या नहुने बताए।

प्रदेशमा ठूलो मन्त्रिपरिषद बनाउँदा संघीयता विरोधीहरुले प्रश्न उठाउने अवसर पाएको धारणा राख्दै प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वमा सरकार बनिसकेपछि दृढताका साथ भनेका छौं १० प्रतिशत भन्दा बढी मन्त्री बनाइने छैन।’

संविघानमा प्रदेशसभा सदस्यको २० प्रतिशतसम्म मन्त्री बनाउन सक्ने व्यवस्था छ। सोही कारण प्रदेशहरुमा मन्त्रालय थप गरिएको थियो।

 

ट्रेन्डिङ ( साप्ताहिक )