Logo
६ पुस २०८१, शनिबार

जब बेहुली आफ्नै विवाहमा पुग्न सकिनन् …

अक्षरपाटी
२०७९ माघ १५ , आईतबार १२:०१ मा प्रकाशित

एजेन्सी। फ्लाइट क्यान्सिल भएका कारण एक दुलही आफ्नै विवाहमा उपस्थित हुनबाट वञ्चित भएकी छन्।

ती महिलाले आफ्नो वैवाहिक स्थलमा पुग्न लाख कोसिस र अनुरोध गर्दा पनि कुनै उपाय लागेन।

महिलाका हुनेवाला पति आफ्ना परिवारका सदस्यसहित ३२ सय किलोमिटर परको विवाहस्थलमा पुगिसकेका भए पनि दुलही भने पुगन नपाएकी हुन्।

यस घटनाका कारण सो जोडीको करिब एक करोड नेपाली रुपैयाँ नोक्सान भएको बताइएको छ।

सेन्ट लुइसमा बस्दै आएकी केटी डेमकोकोलाई आफ्नै विवाहका लागि बिलिज देश जानु थियो। उनले साउथवेस्ट एयरलाइन्सको टिकट पनि लिएकी थिइन्। तर जब उनी एयरपोर्ट पुगिन तब उनलाई उडान रद्द गरिएको जानकारी दिइयो।

एयरलाइन्स कम्पनीको धोकाका कारण उनी आफ्नै विवाहमा पुग्न नसकेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।

उनीहरुले ३० डिसेम्बरका लागि बेलिजमा विवाहको योजना बनाएका थिए। २७ डिसेम्बरमा केटी जब आफ्ना परिवारका साथ एयरपोर्ट पुगिन तब उनलाई उडान रद्द भएको जानकारी दिइयो।

केटीका हुनेवाला पति माइकल भने आफ्नो परिवारका साथ फ्लाइटमार्फत बेलिज पुगिसकेका थिए।

केटीका साथीहरु २८ डिसेम्बरमा पुग्नका लागि टिकट लिएका थिए सो टिकट उनलाई दिन्छु भन्दा पनि एयरलाइन्सले नमानेपछि उनी आफ्नै विवाहमा उपस्थित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

आफ्नै विवाहमा उपस्थित हुन नसकेपछि केटीले सीएनएनसँग कुरा गर्नै भनेकी छन्, ‘यो सबै घटना भएपछि म रुन मात्र सकेँ। ट्राभल एजेन्टले पनि कुनै वैकल्पिक व्यवस्था गरिदिएनन्। मेरो र माइकलको परिवारका लागि यो दिन निकै खास थियो, सबै चौपट भयो।’

सो जोडीले बेलिजमा विक्टोरिया हाउस बुकिङ गरेको थियो। जुन रिसोर्टले पनि रिफन्ड गर्न अस्वीकार गरिदियो। जसका कारण उनीहरुले करिब १ करोड नेपाली रुपैयाँ नोक्सान सहनुपर्यो ।

त्यो मात्र होइन फोटोग्राफी, फूलको सजावट, कैटरिङदेखि सबैतिरको लगानी खेर गएको उनीहरुले गुनासो गरे।

केटीले भनिन्, ‘पैसाको नोक्सान त भयो नै, त्योभन्दा ठूलो क्षति त मेरो ‘उत्सुकता’ नै थियो।’

 तस्विर: बालबालिकाका साथ केटी डेमको

केटी