Logo
३१ असार २०८२, मंगलबार

कैदी पुर्जी बुझेर जेल चलान भए अरुणकुमार

अक्षरपाटी
२०७९ माघ २० , शुक्रबार ११:०२ मा प्रकाशित

धनगढी, २० माघ। नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारका रुपमा कैलाली २ बाट सांसद निर्वाचित अरुणकुमार चौधरी जेल चलाएन भएका छन्।

शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरिएका उनले कैदी पुर्जी बुझेपछि कारागार चलान भएका हुन्।

१३ वर्ष अघि आगजनी घटनामा ६ महिना कैद सजाय सुनाइएका चौधरी बिहीबार बाँके जिल्लाबाट पक्राउ परेका थिए।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ।

तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अरुणकुमार चौधरी