Logo
२८ वैशाख २०८२, आईतबार

अमेरिकाको आकाशमा चीनको ‘जासुसी बेलुन’, नष्ट गरिदिएकोमा चीन रुष्ट

अक्षरपाटी
२०७९ माघ २२ , आईतबार ०९:०२ मा प्रकाशित

एजेन्सी। केही दिनदेखि अमेरिकाको संवेदनसील क्षेत्र सैनिक इलाकाको आकासमा उडिरहेको चीनको जाजुसी बेलुन अमेरिकाले नष्ट गरिदिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइजेनले आदेश दिएको केही समयमै युएस एयरफोर्सले हाइटेक एफ २२ र्याप्टर एयरक्राफ्टको सहयोगमा उक्त बेलुन ध्वस्त पारेको हो।

बेलुन नष्ट गर्न सिंगल साइडविन्डर मिसाइलको प्रयोग गर्नुपरेको अमेरिकी सुरक्षा अधिकारीले बताएका छन्।

जमिनमा रहेको कसैलाई पनि क्षति नहोस भनेर सो बेलुन अमेरिकाको साउथ केरोलिनाको समुद्री तटमा साढे नौ किलोमिटर पर अटलान्टिक महासागरमा बेलुन ध्वस्त गरिएको हो।

अमेरिकाको उक्त कदललाई लिएर उल्टै चीनले आपत्ति जनाएको छ। अमेरिकी आकाशमा आफ्नो बेलुनले जासुसी गरे पनि चीनले भने यो मुद्दालाई अमेरिकाले शान्तिपूर्ण रुपमा समाधान गर्ने अपेक्षा गरेको बताएको छ। तर अमेरिकाले आफूहरुको सिविलियन एयरशिप (जासुसी बेलुन) ध्वस्त गरिदिएकोमा चीनले आपत्ति जनाएको हो।

चीनले आफ्नो जाजुसी बेलुन गल्तीले अमेरिकाको आकाशमा पुगेको दाबी पनि गरेको छ। अमेरिकाले भने लामो समयदेखि सो बेलुन लामो समयदेखि आफ्नो आकाशमा देखा परेको र आफूहरुले निगरानी गरिरहेको जनाएको छ।

बेलुनको अवशेस संकलन गरेर अनुसन्धानका लागि अमेरिकाले गोताखोर, एफबीआइका अधिकारी र मानवरहित जहाज समुद्रमा पठाएको छ।