चौमाला, २३ माघ। नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद बीरबहादुर बलायरले विपन्न, दलित र जनजाति जेष्ठ नागरिकलाई कपडा वितरण गरेका छन्।
बलायर आज आफू निर्वाचित क्षेत्र कैलाली ४ को गौरीगंगा नगरपालिका पुगेर कपडा वितरण गरेका हुन।
उनले गौरीगंगा नगरपालिकाले आयोजना गरेको कपडा वितरण कार्यक्रममा ६० घर परिवारका अति विपन्न, दलित, जनजाति जेष्ठ नागरिकलाई कपडा हस्तान्तरण गरेका हुन्।