Logo
२७ पुस २०८१, शनिबार

दुबै सभाको संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन

अक्षरपाटी
२०७९ माघ २७ , शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाडौं २७ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको दुबै सभाको बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछन्।

राष्ट्रपतिले गर्ने विशेष सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने संसदसचिवालयले जनाएको छ।

त्यसलगत्तै संयुक्त बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची छ।

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन।

दुई कार्यकालसम्म राष्ट्रपति भएकी भण्डारीको आज हुने बिशेष सम्वोधनलाई ‘बिदाई सम्बोधन’को रुपमा हेरिएको छ।

चौथो राष्ट्रपतिका लागि आगमी २५ फागुनका लागि नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ।