Logo
६ पुस २०८१, शनिबार

निसर्ग अस्पताल सय शय्याको बन्दै

अक्षरपाटी
२०७९ माघ २८ , शनिबार ०८:०२ मा प्रकाशित

धनगढी। धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरलाई सय शय्याको बनाउन पहल सुरु भएको छ।

धनगढीको डिभोटी चोकमा रहेको अस्पताललाई सय शय्यासम्म क्षमता अभिवृद्धिका लागि प्रारम्भिक वातावरणीय परीक्षण (ईआईए) प्रतिवेदनको सिलसिलामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।

धनगढी ५ का कार्यबाहक वडा अध्यक्ष दत्तुराम पाण्डेयको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाइमा विभिन्न क्षेत्रका ५५ जनाको सहभागिता थियो। उपस्थित विज्ञ, जानकार र सर्वसाधारणबाट राय सुझाव संकलन गरिएको अस्पतालले जनाएको छ।

६ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले न्यूरो, ट्रमालगायत विभिन्न उपचारका लागि सुदूरपश्चिम बाहिर जानुपर्ने वाध्यतालाई कम गर्दै गएको छ।

निसर्ग अस्पताल