Logo
२७ पुस २०८१, शनिबार

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा

अक्षरपाटी
२०७९ माघ २९ , आईतबार १०:०२ मा प्रकाशित

काठमाडौं २९ माघ। सत्ता साझेदार दलहरुबीच राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान लिइरहँदा बोलाइएको संयन्त्रको बैठक बस्न सकेको थिएन।

सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेपछि राजनीति संयन्त्रको बैठक बस्न बोलाइएको हो।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयका साथै राष्ट्रपति, उपराष्ट्रपति निवार्चनका बारेमा छलफल हुनेछ।

रास्वपा सरकारबाट बाहिरिनु, नागरिक उन्मुक्तिले सुदूरपश्चिममा विश्वासको मत नदिनु र सत्ता साझेदार दल राप्रपासँग खटपट हुनुले वर्तमान गठबन्धन अप्ठेरोमा परेको विश्लेषण गरिन थालेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा सहमतिको अडान लिनुले पनि एमाले अध्यक्ष केपी ओली सन्तुष्ट छैनन। यी सबै विषयमा संयन्त्रको बैठकमा छलफल हुने बताइएको छ।

रास्वपालाई सरकारमा फर्काउने विषयमा पनि विमर्स हुने अनुमान गरिएको छ।-फाइल तस्विर

उच्चस्तरीय संयन्त्र