काठमाडौं । हिजो राति ग्याँस सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य माननीय श्री चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एव प्रतिनिधि सभा सदस्य डोल प्रसाद अर्याल कीर्तिपुर अस्पताल पुगेका छन् l
अस्पताल पुगेर उपचारमा संलग्न चिकिसत्कहरुबाट अर्यालले जानकारी लिएका थिए l
भण्डारीलाई थप उपचारकालागि मुम्बई लैजाने तयारी गरिँदै छ भने भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।