Logo
२७ पुस २०८१, शनिबार

ग्याल्पो ल्होसारका अवसरमा ओलीको शुभकामना

अक्षरपाटी
२०७९ फागुन ९ , मंगलबार ११:०२ मा प्रकाशित

काठमाडौं। शेर्पा समुदायको प्रमूख चाड ग्याल्पो ल्होसारका अवसरमा एमाले अध्यक्ष केपी ओलीले स्वदेश तथा विदेशमा रहेका आम नेपालीप्रति सुस्वास्थ्य, समृद्घि, एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

उनले बहुसांस्कृतिक विशेषता हाम्रो सुन्दर देश नेपालका मौलिक पूँजीको रुपमा रहेको बताएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ। विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु हुन्। विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थाहरु सम्मानित उनीहरुका भाषा, लिपी, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाहरु संरक्षित छन्।’

उनले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षा पूरा गर्ने अभियानमा अग्रसर भनेका छन्।