धनगडी १० फागुन। धनगढी उपमहानगरपालिकाले ‘सिक्स लेन’ सडकमा सडक बत्ति जडान गरेको छ।
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकाको धनगढी–अत्तरिया सडकको ६ दशमलव ६ किलोमिटर दूरीमा आज ‘स्मार्ट स्ट्रिट लाइट’ उदघाटन गरिएको हो।
सुदूरपश्चिममका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाकाे प्रमुख आतिथ्यतामा धनगढी उपमहानगरका प्रमुख गोपाल हमाल, सांसद, नेता तथा स्थानीयको उपस्थितिमा स्मार्ट लाइट बालिएको हो।
कूल २ करोड ६९ लाख ५८ हजारको लागतमा स्मार्ट लाइट जडान गरिएको धनगढी उपमहानगरले जनाएको छ।
जसमध्ये ६० प्रतिशतले हुन आउने १ करोड ६१ हजार ७५ हजार ४६ रुपैयाँ धनगढी उपमहानगरको लगानी रहेको छ भने नेपाल विद्युत प्राधिकरणले ४० प्रतिशत अर्थात १ करोड ७ लाख, ८३ हजार ३६४ रुपैयाँ लगानी गरेको छ।
उपमहानगरले धनगढी चौराहादेखि भन्सारसम्म दुई किलोमिटर सडकमा थप स्मार्ट लाइट जडान गर्ने भएको छ।